×

सोमाली राष्ट्रिय सेनाको विशेष कारबाहीमा अल–शबाबका ६० लडाकू मारिए

images

काठमाडौं । सोमाली राष्ट्रिय सेनाले मङ्गलबार मध्य सोमालियाको मुदुग क्षेत्रमा विशेष कारबाहीका क्रममा अल-शबाबका ६० जना लडाकूलाई मारेको एक सैन्य अधिकारीले पुष्टि गरेका छन्।

सोमाली नेशनल आर्मीका प्रमुख ओडोवा युसुफ रगेहले सोमाली नेशनल न्युज एजेन्सीलाई सेनाले कारबाहीका क्रममा केही लडाकूलाई पक्राउ गरेको र हतियार समेत बरामद गरेको बताएका छन्।

उनीहरूले अपरेशनका क्रममा विस्फोटक पदार्थले भरिएको एउटा ठूलो ट्रकलाई ध्वस्त पारेको र टोयोटा हिलक्स कार कब्जा गरेको पनि उल्लेख गरिएको छ । अल–शबाब लडाकुहरूले मध्य सोमालियामा सोमाली सेनाले गरेको पछिल्लो अपरेशनको बारेमा अझै कुनै टिप्पणी गरेका छैनन्। एजेन्सी

बुधबार २० बैशाख २०८० ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया