×

आजको मौसमः पहाडी भूभागमा वर्षा हुने सम्भावना 

images


काठमाडौं । आज(सोमवार) मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी  भूभागको मौसम भने सामान्यतया सफा रहने छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । त्यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका

पहाडी भूभागका एक–दुई स्थानमा पनि  मेघ गर्जनसहित क्षणिक वर्षा हुने  सम्भावना रहेको छ ।

सोमवार राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–

दुई स्थानमा  मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

सोमबार २० चैत २०७९ १०:०९ AM मा प्रकाशित

प्रतिक्रिया