×

सहकारी प्रति नकारात्मक प्रभाव बढेको छ -- सहकारी सञ्चालक 

images


काठमाडौं । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज(सोमवार) माईतिघर मण्डलामा प्रभातफेरि आयोजना गरिएको छ । 

कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालक अमरावती बालामी महर्जनले सरकारको तीन खम्बे अर्थ नीति मध्ये एक सहकारी भएको बताउँदै सरकारले यसको सुरक्षा र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् । 

उनले भनिन्,‘सहकारी बचाउनु पर्छ भन्ने अभियानका साथ अगाडि बढेका छौ । यो अभियानलाई सरकारले सम्बोधन गर्न सकोस । अर्थतन्त्र डामाडोल भएको छ ।  सरकारको तीन खम्बे अर्थ नीति मध्ये एउटा खम्बा सहकारी हो । त्यसलाई सरकारले हेर्नुपर्छ ।’ 

यस्तै सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सीमा परियारले सहकारीको विषयमा नकारात्मक प्रभाव बढ्दै गएको बताइन् । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मर्म बुझेर नकारात्मक प्रभावलाई चिर्नुपर्ने उनको भनाई थियो । 

उनले भनिन्,‘देशमा सहकारीको नकारात्मक प्रभाव बढि भईरहेको छ । तर, सहकारीले एकदमै राम्रो काम गरेको छ । सहकारी अभियान निरास हुन जरुरी छैन् । हामीले राम्रो तरिकाले चलाएका छौ । हामी सबै जुटेर ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मर्म बुझेर नकारात्मक प्रभावलाई चिर्न सक्नुपर्छ । 
उनले सहकारीको बारेमा परेको नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने विषयलाई जोड दिएकी छिन् ।  
 

सोमबार २० चैत २०७९ ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया