×

गजल

images

बाँचि  रहेछन आफ्नो- - चेतनालाई मारेर
जागी - रहेछ आफ्नो- संवेदनालाई मारेर

एउटा बाटो बन्द भए अर्को बाटो खुला हुन्थ्यो
किन रोक्छौ यात्रा सबै सम्भावनालाई मारेर

गरीबको लागि सिंगो आकाश दिएको छ छानो
भन कहाँ जान्छौ तिमी मेरो कामनालाई मारेर

जान्छन  कोही -वनवास ञ् तपस्वी बन्नलाई
मोक्ष कहाँ - मिल्छ र त्यसै वासनालाई मारेर

लडेर जित्नु -पर्छ हारेर भाग्नु  हुन्न कहिले
को छैन दुनियाँमा बाँचेको चाहनालाई मारेर।
                                                       

शुक्रबार​ १९ फागुन २०७९ ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया