×

भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ आज दोहा जाँदै

images


काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको राजधानी दोहा जाँदैछन् । उनि अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज साँझ दोहा प्रस्थान गर्न लागेका हुन् । 

श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले ५ देखि ९ मार्च दोहामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् भने ७ मार्च स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षी छलफल गर्ने र एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिने कार्यक्रम पनि रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ । 
 

शुक्रबार​ १९ फागुन २०७९ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया