×

महामन्त्री थापाको चेतावनी -- गठबन्धनविरुद्ध कांग्रेससँग चलखेल नगर्नुहोला

images

 
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहमति र समझदारीबाट पुनगठन भएको आठ दलीय गठबन्धनलाई पाँच वर्षसम्म तालमेलमा लाने बताएका छन् । 

आठ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि शुक्रबार काठमाडौंमा गरिएको अभिमुखीकरणका कार्यक्रममा बोल्दै उनले कांग्रेस ईमानदारिता पुर्वक अगाडि बढ्ने बताउँदै कसैले पनि चलखेल गर्ने कार्य नगरे हुन्छ भन्दै चेतावनी पनि दिएका छन् । 

‘कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्छ। हाम्रो पार्टीलाई या व्यक्तिालाई क्षति होस् पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट दायाँ बायाँ चल्दैन,यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन’

उनले पुष १० गते भएको सहमति नैतिक भएको भन्दै अहिले भएको जे भएको छ त्यो एकदमै सहि भएको दाबी समेत गरेका छन् । 
उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि हामीसँग पाँच महिनाको मात्रै समय रहने भन्दै उक्त अवधिका जनताले देख्ने गरी काम थालेर पाँच वर्ष पु¥याउनु पर्ने बताए । 
उनले आठ दलीय गठबन्धनमा रहेका दलहरुबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै हल्ला फिजाएको आरोप पनि लगाए । 

उनले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पनि एमालेले राष्ट्रपति प्रस्ताव गरेको मात्र होइन, चाहेको भए पार्टी अध्यक्ष नै बनाउँछु भन्नसक्थे भन्दै पदको लोभमा होईन नैतिकताको राजनीति गर्न सबैले सहि बाटो रोजेको हुनाले आज यो अवस्थामा आईपुगेको टिप्पणि पनि गरेका छन् । 

शुक्रबार​ १९ फागुन २०७९ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया