×

मस्तिष्क मृत्यु भएका व्यक्तिको दुई मृगौला र कलेजोको सफल प्रत्यारोपण -- तीन जनाले पाए नयाँ जीवन 

images


काठमाडौ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मृगौला र कलेजोको सफल प्रत्यारोपण भएको छ । मस्तिष्क मृत्यु भएका १७ वर्षीय किशोरबाट सहिद धर्मभक्त

राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला र कलेजो प्रत्यारोपण गरि तीन जनालाई नयाँ जीवन दिएको हो । केन्द्रले  १६ फागुनमा एकै साथ दुईवटा मिर्गौला र एक कलेजोको सफल प्रत्यारोपण गरेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।  ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको कलेजो, रुपन्देहीको मायादेवी

गाउँपालिका ४ पविका ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका १ का ३५ वर्षीय पुरुषको सफल मिर्गौला प्रत्योपण गरिएको उनले बताए ।  
कार्यक्रममा उनले भने ‘एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट तीन जनाले नयाँ जीवन पाएको पनि ७३ घण्टा पूरा भइसकेको छ। उनीहरुको स्वास्थ्य अवस्था

सन्तोषजनक रहेको छ ।’ डा. श्रेष्ठको नेतृत्वमा प्रत्यारोपणमा भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु पनि बोलाइएको बताइएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट तीन जनाले नयाँ जीवन पाउँदा निकै खुसी लागेको बताए ।

उनले भने ‘यो हाम्रो लागि निकै महत्पूर्ण दिन हो । तीन दिनअघि प्रत्यारोपण गरिएको थियो। तर ७२ घण्टा काटेपछि मात्र बिरामीको अवस्था कस्तो हुन्छ भनेर थाहा हुने भएकाले अहिलेमात्र जानकारी दिएको हो।’

एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउने डा. श्रेष्ठले जानकारी दिए। एक जना मस्तिष्क मृत्यु भएकाले अंगले आठ जनाको ज्यान बचाउन सक्ने भन्दै उनले यसरी अङ्गदान भए नेपाल प्रत्यारोपणमा आत्मनिर्भर हुन बताए । 


 

शुक्रबार​ १९ फागुन २०७९ ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया