×

मुक्तक 

images

नमान हार लक्ष्यहरूमा जानेर कैले भूल हुँदैन 
नमान हार जिन्दगी यो झरिसकेको फूल हुँदैन
जित्नु पर्छ आँसुलाई  हारेर खुसी मिल्छ कहाँ 
रोएर मात्र बढ्छन ब्यथा केहीपनि असुल हुँदैन

विचार पछि हुन्छ तर अगाडि भेटिन्छ झेलि गर्निमा
सर नपरेपछि उहि नै अघि देखिन्छ दोस्ति फेर्निमा 
गल्ति जे गरेपनि दोष मुक्त हुन्छन तिनै ठालुहरू
साँढे जुधाएर बाच्छा मिच्ने उनैछन् रमाइलो हेर्निमा

जीवनभरी एक्लै हिड्छु चाँहिन्न कोही सारथि मलाई
झुटो आखिर झुटै हुन्छ कहाँ मेटिन्छ सबुद जलाई
चाँहिदैन तिम्रो दया मलाई फर्केर हेर्नु नै पर्दैन
एक्लै बाँच्छु जति बाँच्न सक्छु औडाहा छैन छाती गलाई

दैलो खोल्दा परेलीको नानीमा याद खुल्दछन
मोतिपुष्प जिन्दगीको फूलवारीमै फूल्दछन
कोपिला झैं चुँडनलाई एक्लै कहाँ सकिन्छ त्यो
काँडा रोप्दछन हृदयमा मान्छे टिप्न भूल्दछन
                                                               

शुक्रबार​ १९ फागुन २०७९ ०१:५६ PM मा प्रकाशित

प्रतिक्रिया