×

रिगल नेपालगञ्जबाट पक्राउ

images

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई प्रहरीले पक्राउ गरेको छ । 

उनलाई नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

सर्वोच्चले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो । 

रिगलाई नेपालगञ्जबाट पक्राउ गरेको बाँकेका एसपी सुवास बोहोराले बताए ।

बिहीबार १६ कात्तिक २०८० ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया