×

दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु

images

घोराही (दाङ), १५ असोज : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । 

रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।

उहाँकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आउनुभएको थियो । 

सोमबार १५ असोज २०८० ११:२० AM मा प्रकाशित

प्रतिक्रिया