×
images

सरकार छोड्न सकिन्छ तर भ्रष्टाचारीलाई छोड्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकार छोड्न सकिने तर भ्रष्टाचारीलाई कदापि नछोड्ने दाबी गरेका छन् । 

आज (बुधबार)देखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले सरकारको काम रोक्ने प्रयास भैरहेको बताए । ‘गठबन्धनभित्र विश्वासको वातावरण मात्र बनेको छैन, गठबन्धन बलियो हुँदै गएको छ‚’ प्रचण्डले भने, ‘सरकारले राम्रो काम गर्दै गएको छ, तर सरकारको अभियान रोक्न घेराबन्दी भने जारी छ, तर यो निष्कर्षमा पुर्याउछौं ।’

भ्रष्टाचार र सुशासनको अभियान चलाइरहेकाले यो अभियान नरोकिने उनले बताए । ‘सरकार नै छोड्न परे तयार छौं तर यसपटक भ्रष्टाचार र सुशासनको अभियान छोड्दैनौँ र रोक्दैनौँ ।’  
 

बुधबार १७ साउन २०८० ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया