×
images

माओवादीले ‘जनतासँग पार्टी अभियान’ चलाउने- मंसिरमा विधान सम्मेलन र विचार मिल्नेसँग एकता गर्ने 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तत्कालै जनतासँग पार्टी अभियान चलाउने भएको छ । उसले आगामी भदौ महिनादेखि कात्तिकसम्म उक्त अभियान चलाने भएको हो ।

आज (बुधबार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आयोजित पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै तीन महिनासम्म संगठन सुदृढीकरणका लागि जनतासँग पार्टी अभियान चलाउने जानकारी गराएका छन् । 

त्यसैगरी अभियानकै क्रममा प्रचण्डले देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै यो समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्याभन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डले बताएका छन् भने माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि योजना रहेको अध्यक्ष प्रचण्डले बताए ।  
 

बुधबार १७ साउन २०८० ०४:३४ PM मा प्रकाशित

प्रतिक्रिया