×
images

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने, को–को बन्दैछन् मन्त्री ? (नामावलीसहित) 

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिरिषद्ले आजै (बुधबार) पूर्णता पाउने भएको छ । उक्त प्रदेशमा दुई मन्त्री र एक राज्यमन्त्री थप गरेपश्चात् मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । 

सत्तासाझेदार दल नागरिक उन्मुक्ति पार्टी र मुख्यमन्त्री कमलबहादुर शाहबीच भएको सहमति अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको बताइएको छ ।  

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौध्रीका अनुसार रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरीलाई सो मन्त्रालयको राज्यमन्त्रीमा सिफारिस गरिने भएको छ ।

कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकबाट रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ । कांग्रेसले बैतडीका प्रदेश सांसद शिवराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बतायो ।

आज साँझ ७ बजे मन्त्रीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको छ । 
 

बुधबार १७ साउन २०८० ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया