×
images

कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

उनलाई आज (बुधबार) साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । 

हिजो (मंगलबार) सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए । 
 

बुधबार १७ साउन २०८० ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया