×
images

सुदूरपश्चिम प्रदेश सरकारको पूर्णता : कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका हुन् । 

शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो । 

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण अहिले ६ बजेका लागि तय गरिएको छ । 

बुधबार १७ साउन २०८० ०६:०७ PM मा प्रकाशित

प्रतिक्रिया