×

चुनौतीपूर्ण अवस्थामा कमीकमजोरी स्वीकार्न डराउँनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले कमीकमजोरी स्वीकार्न डराउन नहुने बताए । 

जनताको पक्षमा काम गरिरहेको गठबन्धन सरकारलाई अझै अझ प्रभावकारी बनाउन सुरु भएको केन्द्रीय समिति बैठकले भूमिमका खेल्ने विश्वास लिएको उनको भनाइ छ । 

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।
 

बुधबार १७ साउन २०८० ०२:२४ PM मा प्रकाशित

प्रतिक्रिया