×
images

कोशी प्रदेश सरकार : सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्रीमा नियुक्त 

विराटनगर । कोशी प्रदेश सरकारको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्रीमा नियुक्त भएका छन् । 

उक्त प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गौतमलाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । 

नेकपा (माओवादी केन्द्र)का गौतमसँगै एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हो ।

त्यस्तै कोशी प्रदेशमा सत्तासाझेदार तीन दलले १–१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । योसँगै कोशीमा सत्ता भागबण्डाको कुरा मिलेको छ । 

सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको बताइएको छ । 

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको आज बेलुका ५ बजेका शपथग्रहण कार्यक्रम तय गरिएको छ ।  
 

बुधबार १७ साउन २०८० ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया