×

ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। जेनजी जाँचबुझ आयोगको प्रतिवेदन अनुरुप गत शनिबार ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। पक्राउपछि पहिलोपटकका लागि दिएको पाँच दिनको म्याद आज सकिपछि अदालतबाट दोस्रोपटक म्याद लिइएको हो।

जेनजी आन्दोलनका क्रममा दमन गरेको भन्दै जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

आयोगको सिफारिसको आधारमा प्रहरीले उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। स्वास्थ्य समस्याका कारण उनलाई त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ।

बिहीबार १९ चैत २०८२ ०७:४२ PM मा प्रकाशित

प्रतिक्रिया