×

रामचन्द्रलाई राष्ट्रपति बनाउन गठबन्धन दलको अभिमुखीकरण जारी 

images


काठमाडौं । राष्ट्रपतिमा गठबन्धनका उम्मेद्वार रामचन्द्र पौडेललाई जिताउनका लागि काठमाडौंमा सांसदलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । 

तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा जारी अभिमुखीकरणलाई आठ दलका शीर्ष नेताले सम्बोधन गरिरहेका छन् । 

कार्यक्रममा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा,

जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसद सहभागि छन् । 

ती आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट सुवास नेम्बाङको उम्मेद्वारी परेको छ । 
 

बिहीबार १८ फागुन २०७९ ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया