×

मेडिकल प्रर्दशनी काठमाडौंमा सुरु 

images


काठमाडौं । नेपाल मेडिकल शो काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ । मेडिकल क्षेत्रका समग्रपक्षहरुबारे जानकारी दिने उदेश्यले आयोजना गरिएको सो

प्रर्दशनीको उद्घानट बिहिबार उद्योग बाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले गरेका हुन् ।आजदेखि सुरु भएको प्रर्दशनीमा मेडिकल, सर्जिकल, अस्पातालका अन्य

उपकरण र रोग पत्ता लगाउन प्रयोग हुने विभिन्न उत्पादनका स्टल राखिएको आयोजकले जनाएको छ ।

तीनदिन सम्म चल्ने प्रर्दशनीमा आम नागरिकले स्वास्थ्य क्षेत्रमा भइहरेको विकास र प्रविधिको प्रयोगका साथै नयाँ नयाँ टेक्नोलोजी र उपचार विधिबारे ज्ञान हासिल गर्न सक्ने नेपाल मेडिकल शोले जनाएको छ । 

बिहीबार १८ फागुन २०७९ ०६:२१ PM मा प्रकाशित

प्रतिक्रिया