×

नइले पुरस्कार तथा सम्मान ग्रहण नगर्ने

images

                   

काठमाडौं  देशदेशान्तरमा नेपाली भाषासाहित्यको श्रीवृद्धिहेतु गठित कुनै पनि सङ्घसंस्थाबाट हामीले पुरस्कार तथा सम्मान ग्रहण नगर्ने निर्णय गरेका छौँ ।                     केही सङ्घसंस्थाबाट स्रष्टाहरू सम्मान या पुरस्कार या अभिनन्दन लेनदेनमा समाहित भएको समेत पनि देखिएकाले विविध दोषबाट जोगिने र नइ प्रकाशन, त्रिमूर्ति निकेतन तथा वानीरा फाउन्डेसनलाई आरोपप्रत्यारोपबाट जोगाउने अभिप्रायले समेत हामी यो निर्णयमा पुगेको बताउनु भयो  । नइले मन, वचन र कर्मले खाईनखाई स्थापना गरेका संस्थाउपर कसैले हिलो छ्याप्न नपाऊन्, राजनीतिक रङ दल्न नपाउन् र खोँचे थापेर लाञ्छना लगाउन नसकुन् भन्ने  चाहना भएको  र  यी अनेक दोषबाट अलग्गिएर संस्थाको मर्यादा जोगाउनु हामीले हाम्रो प्रमुख कर्तव्य ठानेको  सृजनशील बौद्धिक प्राज्ञिक समाजसमक्ष बिग्यप्ती मार्फत जानकारी दिनु भयो।

बिहीबार १८ फागुन २०७९ ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया