×

अवैध रूपमा ल्याउँदै गरेको मल पक्राउ 

images


काठमाडौं । गैंडाकोट नगरपालिका –२ स्थित पुलको बाटोबाट अवैध रूपमा ल्याउँदै गरेको युरिया र डिएपी मल प्रहरीले बरामत गरेको छ । 

ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले लु.१ ख ७०२४ नम्बरको ट्रकलाई जाँच गर्नेक्रममा दुई सय बोरा चामलको बिल बनाई १ सय ४ बोरा युरिया र ७६ बोरा डिएपी मल ल्याउदैँ गरेको ट्रकसहित चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । 

उक्त बरामद मल भन्सार कार्यालय त्रिवेणीमा बुझाइएको प्रहरीको भनाइ छ । त्यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

बिहीबार १८ फागुन २०७९ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया