×

ओलीले संसद विघटन ठिक थियो भनेपछि गठबन्धन तोडेको प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ती 

images


काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठिक थियो भने कै कारण आफुले विकल्प खोजेको बताएका छन् । 
बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन बोलाइएको आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर गरेपछि  नयाँ बिकल्प खोजेको बताएका हुन्। पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको उनको भनाई छ । 

सांसदहरूको भेलामा प्रधानमन्त्रीको भनाई उद्धतगर्दै उनको सचिवालयले भनेको छ ‘अघिल्लोपटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ।’
प्रधानमन्त्री प्रचण्डले रामचन्द्र पौडेललाई १० पार्टीको सर्मथन रहेको दाबी गरे उनले भने गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ।

स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ” कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेताहरू महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खान लगायतले सम्बोधन गरेका थिए । 

बिहीबार १८ फागुन २०७९ ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया