×

तेक्वान्दो प्रशिक्षक जगन सम्मानित

images


नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्रि तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्रि जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ ।
एफएमको १५ औं बार्षिक साधारणसभाको अवसरमा नुवाकोट विदुरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले अधिकारीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका हुन् ।
नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री,  तथा संयुक्त अरब इमिरेट्स (युएइ)मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै नाम उच्च बनाउन सफल भएकोमा विदुर नगरपालिका–८ निवासी जगन अधिकारीलाई सम्मान गरेको हो ।
नुवाकोट तेक्वान्दो डोजाङबाट बि.स. २०६० सालमा खेल जिवन सुरु गरी जिल्ला हुदै राष्ट्रिय स्तर सम्म खेल खेली बि.स २०६३ सालमा तेक्वान्दो प्रशिक्षक बनी बि.स २०६६ सालमा राष्ट्रिय रेफ्री हुन सफल भई प्रगतीको पथमा लम्कदै हाल आएर बि.स. २०७८ सालबाट युएईमा पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री बन्न सफल भई देश र जिल्लाको नाम बिदेशी भुमिमा राख्न सफल अधिकारीको योगदानको कदर गर्दै सम्मान गरिएको एफएमका स्टेशन प्रबन्धक श्रीराम अधिकारीले बताए ।
अधिकारी हाल जीवन यापनको सिलसिलामा दुवईमा कार्यरत रहेका छन् ।
सोही समारोहमा लोकगायक स्रस्टा बलराम अधिकारीलाई पनि सम्मान गरेको थियो । साहित्य सङ्गीतकलामा पोख्त भई कुरीति, कुसंस्कार विरुद्ध तथा सामाजिक समानताको लागि आवाज बुलन्द पारी लोकगीत संगितका मर्मज्ञ गायक खतिवडा गरिएको हो ।
 

आइतबार​ १४ असोज २०८० ०६:११ PM मा प्रकाशित

प्रतिक्रिया