×

क्राइम रिपोर्ट– १७ जनाको मृत्यु, २ जना बेपत्ता, ३३ जना अभियुक्त पक्राउ 

images

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा १७ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । विभिन्न घटनामा संलग्न ३३ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्वतको कुश्मा नगरपालिका–८ समादी खोलास्थित भुपीशेरचन राजमार्गमा शनिबार साँझ आएको बाढीले ग १ ज ६२१३ नम्बरको जिप बगाउँदा जीपमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका–९ बस्ने ३४ वर्षीय गोपाल बस्यालको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । 

वागलुङबाट पोखरातर्फ जाँदै गरेको उक्त जीपलाई बाढीले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ३ सय मिटर तल समादी खोलामा गोपालको शव फेला पारेको हो । 

जीपमा ४ जना सवार रहेकोमा चालक सकुशल रहेका छन् भने बेपत्ता भएका अन्य २ जनाको खोजी भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया शिव मन्दिरस्थित सडकमा प्र.२–०२–००१ स ६४०३ नम्बरको ई–रिक्साबाट लडेर रिक्सामा सवार सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र रायको शनिबार दिउँसो मृत्यु भएको छ । 

लडेर गम्भीर घाइते भएका उनको गौर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने हाल नम्बर नखुलेको सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित सडकमा मधेश प्रदेश–०३ ०२५ प ९७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका–१ हजरिया बस्ने ३६ वर्षीय रोसन बस्नेतको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

काठमाडौकों महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा बा.प्र.०२–०३९ प ११९७ नम्बरको मोटरसाकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार भक्तपुर चागुनारायण नगरपालिका–४ बस्ने १७ वर्षीय सुशिल गुरुङको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलिया चोकमा को.१ ख ६१६९ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका–५ बस्ने ५२ वर्षीय केदार थापाको आइतबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ वीरपुर बस्ने ३२ वर्षीय हरिबहादुर थापाको सोही ठाउँस्थित कुलोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको  छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

डडेल्धुराको आलिताल गाउँपालिका–७ राउजाली बस्ने २२ वर्षीय राजेश बिष्टको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । सोही गाउँपालिका–८ सुनखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जोगबुढा अस्पताल जोगबुढामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित फास्टल्याण्ड होटेल एण्ड क्याफेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार राति एक जना महिलासँगै आएर कोठा बुक गरी बसेका उनको कोठामै शव फेला परेको हो । हाल सम्पर्क बिहीन महिलाको खोजी भइरहेको छ ।  

बर्दियाको बारबर्दिया नगरपालिका–३ लक्ष्मणपुर बस्ने ६६ वर्षीय बुद्धराम थारु आफ्नै घरको धारामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित चतरा–झुम्का नहरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 

मोरङको विराटनगर महानगरपालिका–१९ धनपुरा बस्ने ४० वर्षीया जितनी सहनी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१३ चप्परगौडीस्थित सडकमा भे. १ क २०२९ नम्बरको टिपरको ठक्करबाट साईलयात्री बैजनाथ गाउँपालिका–४ तिलकपुर बस्ने ७० वर्षीय पतिराम थारुको आइतबार दिउँसो मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित चेतना जनजागृति सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका–२ देवटार बस्ने ५३ वर्षीय भिमलाल स्याङ्तान आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको धरान उपमहानगरपालिका–११ कल्याण चोकस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका–८ डेरा गरी बस्ने धनकुटा महालक्ष्मी नगरपालिका–४ घर भएका ४५ वर्षीय भोलामान खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् । 

काभ्रेको बनेपा नगरपालिका–१ कलमसीस्थित प्लटीङ गरेको जग्गाको छेउमा सोही ठाउँ बस्ने सुदिप घिमिरेको घरमा खेतको काम गरी बस्ने सिन्धुली मरिन गाउँपालिका–५ घर भएका ५५ वर्षीय दुद्धलाल थिङ शरीरमा चोट लागी मृत अवस्थामा आइतबार फेला परेका छन् । 

मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने २८ वर्षीय पर्शुराम चौधरी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

गुल्मीको कालिगण्डकी गाउँपालिका–६ तुपुङ ढाबा बस्ने ८० वर्षीय यमबहादुर थापा सोही ठाउँस्थित पालुङ खोला नजिक जंगलको झाडीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

असोज ५ गते साँझ घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौंको काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका–५ घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा रहेका छन् । लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ घर बताउने २१ वर्षीय उत्तम दर्जी र ईलाम सुर्योदय नगरपालिका–२ घर बताउने २० वर्षीया सन्ध्या बिश्वकर्मा रहेका छन् । 

लजमा लागूऔषध ब्राउन सुगर कारोबारको भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । दुवै सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

काठमाडौंको काठमाडौं महानगरपालिका–२६ म्हैपी डेरा गरी बस्ने रेनु गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२६ सामाखुसी बस्ने तनहुँ ब्यास नगरपालिका–७ घर भएका ५३ वर्षीय अम्मर गुरुङसमेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार १ सय ५० रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।  

कैलालीको गोदावरी नगरपालिका–१ लिशा कम्पनीस्थित दुर्गा घलेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ६७ वर्षीय बिर बहादुर ऐरसमेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८५ रूपैयाँ र ५ बुक गड्डी ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मोरङको विराटनगर महानगरपालिका–६ भाटभटेनी सुपरमार्केटबाट ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोटसहित सनुसरी हरिनगरा गाउँपालिका–६ बस्ने ३४ वर्षीय ईशान अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त सुपरमार्केटबाट १ हजार ६ सय बराबरको बिभिन्न सामान खरिद गरी अन्सारीले नक्कली भारतीय नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ वडाप्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट र उनले प्रयोग गरेको बा १६ च ७६१३ नम्बरको कारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ पत्थरकोटबाट रक्त चन्दन जस्तो देखिने काठ करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित शिवराज नगरपालिका–३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका–७ पोखेडाँडा बस्ने ३३ वर्षीय गोकुल दर्लामी लगायत ८ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा ६ सय १६ केजी ९ सय ७० ग्राम  र लु २ च १६३९ नम्बरको पिकअपमा ३६ केजी २ सय १८ ग्राम गरी उक्त परिमाणको काठ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक चालक टिकाराम र पिकअप चालक गोकुल लगायत उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई उक्त गाडी र काठसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुमा बुझाइएको छ ।
 

आइतबार​ १४ असोज २०८० ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया