×

रुपन्देही-३ मा नयाँ र वैकल्पिक शक्तिहरुले साझा उम्मेदवार बनाउनुपर्छ- डा. बाबुराम भट्टराई

images

काठमाडौँ । समाजवादी पार्टी नेपाल (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रुपन्देही-३ को उपनिर्वाचनमा नयाँ र वैकल्पिक शक्तिहरूले साझा उम्मेदवार उठाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरूका जिम्मेवार नेताहरूले एक्लाएक्लै डम्फू बजाउनु सट्टा उपयुक्त साझा उमेदवार उठाउने र जनताको भावनालाई कदर गर्नेतर्फ ध्यान   दिनुपर्ने बताएका हुन् ।

उनले रुपन्देही-३ को निर्वाचन सामान्य नभएर ऐतिहासिक महत्वको चुनाव पनि हुनसक्ने बताउदै नयाँ र वैकल्पिक शक्तिहरूले एकताबद्ध र  सुझबुझपूर्ण तबरले जनताको पुराना शक्तिप्रतिको निराशा र आक्रोशलाई प्रष्ट अग्रगामी विकल्पको मार्गचित्रसहित  सकारात्मक विजयमा परिणत गर्नसकेमा यो २०८४ को निर्वाचनकालागि राम्रो प्रारम्भिक रिहर्सल हुनसक्ने बताएका छन् ।    

उनले भनेका छन्- 

आसन्न रूपन्देही-३ को प्रतिनिधिसभा उपनिर्वाचन सामान्य चुनाव हो र सामान्य चुनाव हैन पनि । यो सामान्य चुनाव हो किनकि यसको परिणामले संसदीय अंकगणितमा कुनै फरक पार्दैन र सरकारको स्थीरतालाई पनि कुनै तात्विक असर गर्दैन ।

परन्तु यो सामान्य नभएर ऐतिहासिक महत्वको चुनाव पनि हुनसक्छ । यदि नयाँ र वैकल्पिक शक्तिहरूले एकताबद्ध र  सुझबुझपूर्ण तबरले जनताको पुराना शक्तिप्रतिको निराशा र आक्रोशलाई प्रष्ट अग्रगामी विकल्पको मार्गचित्रसहित  सकारात्मक विजयमा परिणत गर्नसके भने यो २०८४ को निर्वाचनकालागि राम्रो प्रारम्भिक रिहर्सल हुनसक्छ।

अतः नयाँ र वैकल्पिक शक्तिहरूका जिम्मेवार नेताहरूले उक्त निर्वाचन क्षेत्रका राम्रा सम्भावना संगसंगै ठोस विशेषता र चुनौति समेतलाई ध्यान दिएर एक्लाएक्लै डम्फू बजाउनु सट्टा उपयुक्त साझा उमेदवार उठाउने र जनताको भावनालाई कदर गर्नेतर्फ ध्यान दिउन् ।

 

सोमबार १६ भदौ २०८२ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया