×
images

लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट चार सय मिलिग्राम लागुऔषधसहित घोडाघोडी नगरपालिका–१० का २३ वर्षीय बेद चौधरी पक्राउ परेका हुन् । उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

मङ्गलबार १६ साउन २०८० ०६:३९ PM मा प्रकाशित

प्रतिक्रिया