×

ह्वाइटहाउसकी प्रेस सचिव लेभिट भन्छिन्- ट्रम्पलाई नोबेल पुरस्कार दिने समय आयो

images

काठमाडौँ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छिन् ।

लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तान बीचको द्वन्द्व सहित छ वटा द्वन्द्व रोकेको दाबि गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी हुन् ।

ह्वाइटहाउसमा प्रेस ब्रिफिङको क्रममा उनले भनिन्- 'डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कंगो गणराज्य, भारत र पाकिस्तान, सर्बिया र कोसोभो, र इजिप्ट र इथियोपिया बीचको द्वन्द्व समाप्त गरेका छन् । यसको अर्थ राष्ट्रपति ट्रम्पले आफ्नो छ महिनाको कार्यकालमा प्रत्येक महिना औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गर्नुभएको छ । अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको छ ।'

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका छन् ।

शुक्रबार​ १७ साउन २०८२ ०९:५४ AM मा प्रकाशित

प्रतिक्रिया