×
images

मुख्यमन्त्रीमा थापा नियुक्त

काठमाडौं । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई आज बेलुका नियुक्त गर्नुभएको छ ।

नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
    
प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान १०ः३० बजे मुख्यमन्त्रीले शपथ लिनु हुने कार्यक्रम तय भएको जनाइएको छ ।

मङ्गलबार १६ साउन २०८० ०६:१४ PM मा प्रकाशित

प्रतिक्रिया