×

स्पानिस क्लब सेभियाले युरोपा लिगको उपाधि जिते

images

काठमाडौं । रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पानिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ ।

बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयमको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट पुगेको खेलमा सेभियाले रोमालाई ४-१ ले हरायो ।

सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे । मोन्टिएलले गत डिसेम्बरमा विश्वकप फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको लागि अन्तिम पेनाल्टीसुटमा गोल गरेका थिए ।

बिहीबार १८ जेठ २०८० ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया