×

युभेन्ट्स जित्दा पोग्बा फर्के मैदानमा

images


मिलान । विश्व फुटबलको एक ठूला स्टार पउल पोग्बा चोटबाट मुक्त हुँदै मंगलबार मैदानमा फर्केका छन् । उनलाई घुँडाको चोटबाट मुक्त हुन एक वर्ष भन्दा केही कम समय लागेको थियो । यसैक्रममा युभेन्ट्ससँग अनुबन्ध भएयता पोग्बाले पहिलो खेल खेले र सिरी ए को त्यस डर्बी खेलमा युभेन्ट्सले टुरिनोलाई ४–२ ले हरायो ।

पोग्बाले अन्तिम पटक म्यानचेस्टर युनाइटेडका लागि लिभरपुलविरुद्ध पछिल्लो अप्रिलमा खेलेका थिए । यो जितपछि युभेन्ट्सको ३५ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । मंगलबारकै अर्को खेलमा क्रेमोन्सेले रोमामाथि २–१ को स्तब्धपूर्ण जित निकाल्यो । मंगलबार एफएकपको केही खेल पनि भए ।

त्यसमा केही अपेक्षित र केही प्रत्यासित नतिजा आए । म्यानचेस्टर सिटीले ब्रिस्टल सिटीलाई सजिलै ३–० ले पराजित प्रतियोगिताको क्वाटरफाइनल यात्रा तय गर्‍यो । त्यसमा फिल फोडेनले दुई गोल गरे भने एक गोल केभिन डे ब्रुएनाको नाममा रह्यो । च्याम्पियनसिप क्लब ब्ल्याकबर्नले प्रिमियर लिग

प्रतिद्वन्द्वी लेस्टर सिटीलाई २–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो ।
यो भने अप्रत्यासित नतिजा रह्यो । यस्तै क्वाटरफाइनलमा प्रवेश पाउन फुलहमले लिड्सलाई २–० र ब्राइटनले स्टोक्सलाई १–० हरायो । 

 

बुधबार १७ फागुन २०७९ १०:४५ AM मा प्रकाशित

प्रतिक्रिया