काठमाडौं । नेकपा एकीकृत समाजवादी, नेकपाएसले, राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट हाल्ने निर्णय गरेको छ।
पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले, राष्ट्रपतिमा गठबन्धनका साझा उम्मेद्वार पौडेललाई मत हाल्ने औपचारिक निर्णय गरेको जानकारी दिए। उनले भने ‘ आजको बैठकले आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेल ज्यु लाई भोट हाल्ने निर्णय गरेको छ ।’
आजको बैठकमा राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको प्रवक्ता खतिवडाले जानकारी दिए।
उनले एमालेसंग कुराकानी ढोका खुलेको पनि बताए । एमालेले राष्ट्रपतिमा सघाउन पत्र पठाएसंगै संवादको बाटो खुलेको उनको भनाई छ ।
प्रतिक्रिया