×

राज्य पत्रकारिता क्षेत्रको अभिभावक बन्न नसकेको महासंघ अध्यक्ष पोखरेलको गुनासो

images

 

काठमाडौं । नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले, सरकारले पत्रकारिताको क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरेका छन् ।  

आज काठमाडौंमा आयोजित इन्जा खोजी पत्रकारिता वितरण कार्यक्रममा उनले  वर्तमान समयका पनि राज्यलाई पत्रकारिता क्षेत्रको अभिभावकको रुपमा महसुस गर्न नसकिएको गुनासो गरेका हुन्  । 

कार्यक्रममा उनले भने ‘अहिले पनि हामीले राज्यलाई पत्रकारिता क्षेत्रको अविभावकको रुपमा महसुस गर्न सक्ने अवस्था बनिसकेको छैन् । आमसञ्चार २०७३ निति विकास गर्‍यो  तर त्यसलाई कार्यन्वयन गर्ने सन्दर्भमा आवश्यक ऐन कानुनहरू बन्न सकेन । अघिल्लो सांसदमा कानुन बनाउने प्रयत्न त भए तर त्यसका मस्यौदाहरू हाम्रो लागि अनुकुल थिएनन् । त्यो मस्यौदाहरू प्रेस स्वतन्त्रतालाई सङ्कुचित गर्ने खालका थिए।’ 

सरकारले प्रेस स्वतन्त्रतालाई ध्यानमा राखेर मात्र नीति नियमहरू कार्यान्वयन गर्नु पर्ने बताएका उनले अबको संसद्ले नेपालको पत्रकारितालाई अगाडि बढाउने विश्वास व्यक्त गरे । 


 

बुधबार १७ फागुन २०७९ ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया