काठमाडाैं। सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए।
सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए। कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो। राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्यांकअनुसार कोभिड-१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो।
पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जाेशीले नेपालकाे पर्यटन सन् २०१९ काे अवस्थामै फर्केको बताए। '२०२३ मै पर्यटन पुन:स्थापना भैसक्नुपर्ने थियाे, एक वर्ष ढिला गरी करिब पुरानै अवस्थामा फर्किएका छाैँ, सीईओ जाेशीले भने, '२०२४ काे डिसेम्बर अन्तिमसम्म साढे ११ लाख पर्यटक भित्रिएका छन्।'
बाेर्ड स्थापनाकाे २६ वर्ष पुगे पनि आक्रमक रूपमा बढ्न नसकेकाे बताउँछन्। नेपालकाे पर्यटक विदेशीलाई लक्षित गरेकाेमा पछिल्लाे दशक आन्तरिक पर्यटकतर्फ लक्षित पूर्वाधार निर्माण भइरहेकाे बताएका छन्।
प्रतिक्रिया