×

एसईई आजबाट सुरु

images


काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज बिहान ८ बजेदेखि देशभर २ हजार ३७ परीक्षा केन्द्रमा परिक्षा सुरु भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी भएका छन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो ।

सबैभन्दा बढि कर्णालीमा ४१ हजार ३ सय २९ परीक्षा केन्द्र रहेको बोर्डले जनाएको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र तय गरिएको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५५ छात्रा सहभागी भएका छन्  । 
 

शुक्रबार​ १७ चैत २०७९ १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया