×

नवनिर्वाचित कार्यसमितिलाई पूर्णता दिएर निर्वाचन आयोग जाँदै कांग्रेस

images

काठमाडौं, १३ कात्तिक — नेपाली कांग्रेसले हालै सम्पन्न १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक (अपडेट) गराउने तयारी गरेको छ।

पार्टीको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भई शपथ ग्रहण तथा पदभार ग्रहणसमेत भइसकेको छ। महाधिवेशनका औपचारिक प्रक्रियाहरू पूरा गरेर नयाँ नेतृत्वले पूर्णता पाएसँगै राजनीतिक दलसम्बन्धी कानुनअनुसार आयोगमा नयाँ कार्यसमितिको विवरण दर्ता तथा अध्यावधिक गराउन कांग्रेसका शीर्ष नेताहरू आयोग जाने तयारीमा जुटेका हुन्।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलको नयाँ कार्यसमिति चयन भएपछि आधिकारिक रूपमा निर्वाचन आयोगलाई जानकारी गराएर अद्यावधिक गर्नुपर्ने प्रावधान रहेको छ। यसअघि कांग्रेसको नवनिर्वाचित कार्यसमितिले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोहबीच शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हालिसकेको छ।

शुक्रबार​ १४ कात्तिक २०८३ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया