×

अभिलेख पढ्नेमा संशोधन—मण्डललाई सिपालु ठान्नु बेकार छ

images

श्यामसुन्दर राजवंशी
कुरा कहाँबाट  शुरु गर्नु पर्ला भनेर सोच्दै थिएँ , तब २०५४ सालबाट नै गर्नु पर्ला जस्तो लागेर आयो  । जोशी रिसर्च इन्स्टीच्यूटको जर्नल रोलम्व भो. १८ जनवरी मार्च १९९८( वि.सं २०५४) नं १ मा “ललितपुरका अरु दुई प्राचीन अभिलेख” शीर्षकको लेख त्यस अंकमा छपाएको थिएँ । ती दुई अभिलेख मध्ये एउटा अंशुवर्मा पालाको संवत् ३१ वैशाखको अभिलेख परेको छ । उक्त अभिलेख तत्कालीन ललितपुर उप महानगर पालिका वडा १२ चक्रवहिल स्थित हःखा गल्ली को बालकुमारी गणेश स्थानमा गणेशमूर्तिको पादपीठकोरुपमा प्रयोग भइरहेको छ । अभिलेखको पाठ भने गणेशको नभई आर्यावलोकि— तेश्वर को रहेको छ । अभिलेख शिलाको नाप १२ सेमी उचाइ ७९ सेमी लम्वाई रहेको छ र अभिलेखको पाठ पंक्ति ५ रहेको छ । 

त्यस बेला अभिलेखको पाठ पढिएको यस प्रकार छ:

१. ॐ सम्वत् ३१ वैशाख शुक्ल प्रतिपदायाम्प्रिय गुरुणा स्थविर समाधि वलेन आचार्य पाध्याय माता पितृ पूव्र्वङ्गमङ्ृकृत्वा सव्र्वसत्वानामात्मनश्च पुण्याय च याचताम्
२. स्व प्रतिष्ठापितो भगवतरार्यावलोकित गन्धकुटी गृष्टकूपकाना मुद्दिश्य विजिर गुप्तार्य भिक्षुणी सङ्घे प्रतिपादित क्षेत्राम्प्रतिविरिवीग्राम पश्चिम प्रदेशे वर्तमान विङ्शति कन मान्या अष्टादश
३. भूयोज्ये न्ववाटिग्राम नद्या पश्चिम प्रदेशे च मान्या पञ्च विङ्शम् अतो निवन्ध कृतः खण्डफुट्ट प्रतिसंस्कारोप लेपनेन पञ्चभिम्र्मान्या पुष्प धूप दीप स्तृभिम्र्मान्या कूसरज्वा मान्यैक प्रवभिक्षे
४. द्वादश मानिका वैशाख शुक्ल त्रयोदश्या भगवतार्यावलोकितेश्वर मुद्दिश्य दशमानिका पूजां कर्तव्या आश्वयुज कृष्ण सप्तम्या स्थविर समाधि वलस्य वर्ष वद्र्धनाष्ट मानिकाभि स्तन्निव भिक्षु सङ्घेना पूजा कृत्वा
५. भोजना श्चतुर्भिः कुशलं कृत्वा त्रज्जेन तत्रैव प्रक्षेप्तव्यम् ।। 

यसरी पढिएको पाठलाई संशोधन मण्डलले १७ वर्ष लगाएर बल्ल परिमार्जन सुधार गरी २०७१ चैत्रको पूर्णिमा अंक १४१ मा छपाउन सफल भएको छ त्यो पनि डा. महेशराज पन्तलाई प्रकाश खड्का, भरत गिरी र रोशनी श्रेष्ठले साथ  सहयोग दिएर परिमार्जन गर्न पाएको कुरा धन्य नै भन्नु पर्दछ । गोकर्ण बालुवा गाउँको संवत् ५३६ को अभिलेख वि.सं २०४६ मा फेलापरेको थियो आज ३४ वर्ष भयो त्यसको परिमार्जन गर्न सकेको छैन । त्यसरी सुधार गरिएको पाठमा गन्धकुटीगृह ज्येष्ठवाटिग्राम जस्ता केही शव्द सुधार गर्नु भएको प्रति धन्यवाद नै जाहेर गर्नु पर्दछ भन्ने ठानेको छु । कतिपय शव्द छुट्याउनु पर्ने र जोड्नु पर्ने देखाइएको छ त्यो खासै फरक पर्ने ठानिन र बलेन हुनुपर्ने वलेन लेखिएको हुनु ,संवत् हुनुपर्ने सम्वत् हुन गएको भनेको पनि मुद्राराक्षसको करामत मात्र हो भन्ने ठानेको छु । कतिपय ठाउँमा (ः्) चिन्ह प्रयोग भइरहेकोमा हलन्त म् पढ्ने चलन भएकोले त्यसरी पढिएको त्यहाँ १ छुटाएको होइन , लिपि चित्रले अतो निबन्ध कृतः नै छ यसलाई शतानि बन्ध कृतः भनेर पढ्नु पर्ने भए तापनि व्याख्या गर्दा गरिने कुरा हो । २०७२ सालमा प्रकाशित सन्दर्भश्री त्रैमासिक जर्नलमा डा. नयनाथ पौडेलबाट यसलाई पूर्वाग्रही धारणा भनेर यसरी खुलाउनु भएको छ । 

............आफूलाई अभिलेखको राम्रो अर्थलागेन भन्दैमा पुरातत्व विभागका अधिकारीहरु राम्रोसंग अभिलेख पढ्न जान्दैनन् भन्ने पूर्वाग्रही धारणाले होला, श्यामसुन्दर राजवंशीले यहाँ पढेको शुद्ध पाठलाई अशुद्ध भनिएको मात्र होइन कि डा. पन्तले लिच्छविकालको मूल शिलालेखलाई नै अशुद्ध छ भनी सच्याइदिने धृष्टता गर्नु भएको छ ।(सन्दर्भश्री ,२०७२, पृष्ठ २४)

कतिपय सभा गोष्ठीहरु भएको ठाउँमा पुरातत्व विभागका अधिकारीहरु उपस्थित छन् भने त्यहाँ बालचन्द्र शर्माले लेखेको इतिहास पढेर पुरातत्व विभागमा विशेषज्ञ बन्न खोज्ने भनेर कटाक्ष हानी हाल्ने गरेको र २०७४ साल असोज ७ गते शनिवारको सौजन्य राजधानी दैनिकमा “६५ वर्षदेखिको विरासत सम्हाल्दै ” शीर्षकको लेखमा उहाँले गरेको धारणा यस्तो छ । 

........त्रिविको इतिहास संस्कृति पुरातत्व विभागबाट अभिलेख राम्ररी पढ्न सक्ने ,व्याख्या गर्न सक्ने न त इपिग्राफिष्ट , न त आइकोनोग्राफर एक जना पनि छैन । मूल अभिलेखको कनिकुथी हावादारी उल्था गरेर आनका तान फरक पारेका उदाहरण प्रशस्त छन् पुरातत्व विभाग कै । .....यस किसिमको भनाइ बारम्वार पत्रपत्रिकामा छपाइ आउनुले पुरातत्व विभाग प्रतिको पूर्वाग्रही धारणा उहाँमा प्रचूर मात्रामा थियो भन्ने कुरा प्रमाणित हुन्छ ।  

वि.सं २०१८ साल देखि संशोधन मण्डलले पूर्णिमा अंक प्रकाशित गर्दै आएको छ । त्यो सवैलाई थाहा छ तर त्यसमा दिइएका तिथि मितिको गणना एउटा पनि मिल्दैन भन्ने कुरा प्रमाणका साथ लेख प्रकाशित गराइसकेको थिएँ । त्यो चाहिं कनिकुथी हावादारी र आनकातान फरक नपर्ने अरुले लेखेको भयो भने  मात्र फरक प¥यो भन्नु भनेको अरुको टाउकोमा लिखा पनि देख्ने आफ्नो टाउकोमा भैँसी चढेको पनि नदेख्ने भने जस्तैको कुरा हो ।  

अब  विषयको प्रस्तुतितिर लागौं
अहिलेसम्म प्राप्त भएका संवत् ३१ का अभिलेखहरुमा पहिलो टिस्टुड्ड भटुवालको अंशुवर्माको अभिलेख,दोस्रो भक्तपुर इनाय्टोलको अंशुवर्माको अभिलेख,तेस्रो चाँगुनारायणको अंशुवर्माको अभिलेख, चौथोमा यही ललितपुर हःखागल्लीको (चक्रवहिल) आर्यावलोकितेश्वरसित सम्बद्ध अभिलेख पर्दछ । यी मध्ये संशोधन मण्डललाई लोप्पा देखाइदिने अभिलेख भनेकै चौथो अभिलेख जसमा संवत् ३१ वैशाख शुक्ल प्रतिपदाको अंशुवर्मा पालाको मिति अङ्कीत छ ।  त्यो यस प्रकार छ
टिस्टुड्ड भटुवालको अंशुवर्माको अभिलेखमा प्रथम पौष पञ्चमी छ त्यो शुक्ल पक्ष हो कि कृष्ण पक्ष हो यकीन हुन सकेन किनकि त्यहाँनिर पक्ष उल्लेख भएको ठाउँ अस्पष्ट भएर पढ्न नसकिने छ । त्यसपछि भक्तपुर इनाय्टोलको अंशुवर्माको अभिलेख छ जसमा द्वितीय पौषशुक्ल अष्टमी छ । यसलाई संशोधनमण्डलले वि.सं ६६४ पौष मानेको छ । त्यसपछि चाँगुनारायणको अंशुवर्माको अभिलेख जसमा माघशुक्ल त्रयोदशी पुष्यनक्षत्र आइतवार उल्लेख भएको हुनाले सौरार्य ब्राह्मपक्षीय तिथिगणितको सूर्यसिद्धान्तअनुसार भनेर गणना गर्ने काम संशोधनमण्डलले गरेको छ । 

संवत् ३१ कार्तिकबाट शुरु हुने संवत्सर भएको हुनाले अर्को कार्तिक शुक्ल प्रतिपदा नआएसम्म ३१ नै कायम रहने सर्वविदित नै भन्नु पर्दछ । अरुले गणना गर्दा पौषको अधिमास गन्न बिर्सेको भनेर मण्डलले अधिमास समेतको दिन गनेर माघशुक्ल त्रयोदशीको तिथिगण ३४३ गनेको छ । संवत् ३१ वैशाख त त्यही वर्ष हो माघ मै ३४३ पुगेको हुँदा वैशाख शुक्ल प्रतिपदा सम्म तिथि त आनका तान ४०० भन्दा पनि बढी हुन जाने भयो । तव ३४३ मानेर गरिएको गणना आनकातान मात्र होइन महा हावादारी सिद्ध भएको चाल नपाउनु भनेको आफनो आङ्मा भैंसी चढेको नदेखेको जस्तै भएको हो । 

अर्को कुरा माघ शुक्ल त्रयोदशीलाई शक ५२९ माघ शुक्ल त्रयोदशी मानेर गणना गर्दा शक ५२९ को वर्षमा अधिमास छैन भनी थाहा भइभइकन अभिलेखमा देखिएको अधिमास उपस्थित गराइयो । यो उनीहरुले गरेको महाभूल  हो ।
अब संवत् ३१ वैशाख शुक्ल प्रतिपदाको गणना गर्न माघको मितिको गणना गरेको रीतमा गणना गर्ने कि नगर्ने ? यदि नगर्ने हो भने सिद्धान्त भनेको एउटा मितिमा मात्र आकर्षित हुने त होइन । सिद्धान्त भनेको अर्को मितिमा पनि आकर्षित हुने नै भयो ।  संवत्सर ३१ कार्तिकादि भएको हुनाले कार्तिकमा पनि ३१ र वैशाखमा पनि ३१ स्वभाविकरुपले हुने भयो । शकसंवत् र विक्रमसंवत् त कार्तिकादि थिएनन् तव कार्तिकमा वि.सं ६६४ भएको वैशाखमा पनि ६६४ नै रहँदैन भने झैं शक ५२९ पनि वैशाखमा ५२९ नै रहँदैन । लिच्छविकालमा चलेको संवत् कार्तिकादि भएकोले शकसंवत् पनि कार्तिकादि भनेर दावा गर्ने गरेको कुरा यहाँनिर ठ्याम्मै बिर्सेछ भने संवत् ३१ भनेको शक ५२९ को कार्तिकदेखि शक ५३० को असोजसम्म रहन्छ भन्नकालागि अलिकति संकोच मान्नु पर्दथ्यो तर फिटिक्कै संकोच मानेको देखिएन । 

माघमा वि.सं ६६४ भएको वैशाखमा वि.सं ६६५ त हुन्छ कार्तिकादि मानेको शक ५२९ माघमा  ५२९ भएको  वैशाखमा ५३० हुननपर्ने हो  । यसको मतलव ६६४— १३५=५२९ र ६६५ — १३५ = ५३० गरेको भयो । यसबाट शकसंवत् कार्तिकादि बिलकूल ठहरिएन नि भन्ने अलिकति सोच आउन नसक्नु लज्जास्पद भन्नु पर्दछ । 

अधिमास सारणीमा शक ५३० को जेष्ठमा अधिमास परेको छ । यसको मतलव शक ५३० वैशाखसम्म अधिमास जोड्नु पर्ने हुँदैन । माघशुक्ल त्रयोदशीको मितिको गणना गर्दा नै अधिमास जोडियो भनेपछि स्वभावतः संवत् ३१ वैशाखमा अधिमास जोडिन आउनु भनेको एउटै अधिमास संवत् ३१ माघमा पनि एक चोटी जोड्ने र अर्को एक चोटी संवत् ३१ जेठ देखि पनि जोड्नु पर्ने भनेको दुईचोटी अधिमास जोडिन जाने देखियो यसलाई नै भनिन्छ गणनाले ख्वाएको यो नमीठो लोप्पा हो ।  

अब संवत् ३१ माघ शुक्ल त्रयोदशी मितिको गणना प्रस्तुत गरिन्छ ।
यसको इष्ट शक = शक ५२९ भयो । इष्ट इश्वी ५२९ + ७९ गर्दा = इश्वी सन् ६०८ भयो । पौष माघ फागुन यी तीन महिना शकमा ७९ जोड्नु पर्छ । किनकि इस्वी फेरिसक्ने तर शक फेर्न बाँकी भएको हुनाले हो । 
तिथिगण = चै१वै२जे३आ४श्रा५भा६आ७का८मं९पौ१०+मा१३=३०ह्१०+१३=३१३ । ३१३ — १ = ३१२ उपकरण 
शक ५२९ को वर्षमा अधिमास छैन ।

१.प्राचीन  रीतमा दिइएको अंश ।२. योगफल लाई ३६०ले भाग गरी शेष फल ३. योगफल लाई ३६०ले भाग गरी शेष फल। ४. सामान्य वर्ष भएकोले ५९ जोडेको ५योगफल लाई  ७ ले भाग गरी शेष फल ।६. योगफल लाई ३० ले भाग गरी शेष फल ।
परिणाम= इश्वीसन ६०८ फेव्रुअरी १ तारिख आइतवार । तद्नुसार वि.सं ६६४ माघ १७ गते आइतबार । अभिलेखको संवत् ३१ माघशुक्ल त्रयोदशी आइतबार शक ५२९ माघशुक्ल त्रयोदशी आइतवार ।

अब संवत्  ३१ वैशाखशुक्ल प्रतिपदा  मितिको पनि गणना प्रस्तुत गरिन्छ ।
अभिलेखको संवत् ३१ र तद्नुसार शक ५३० वैशाखशुक्ल प्रतिपदाको तारिख गणना गरिन्छ ।
अभिलेखमा दिइएको मितिः संवत् ३१(५३१)  ( शक ५२९ को कार्तिक देखि शक ५३० को आश्विन सम्म रहने गर्छ)
संवत् ३१ वैशाख भनेको = शक  ५३० वैशाख । इष्ट इश्वी ५३० + ७८ = ६०८(४ ले निःशेष भाग लाग्ने प्लुट वा लिपयर वर्ष)

इष्ट शक ः शक ५३०( किनकि वैशाखमा शक ५३० हुने भएकोले इष्ट इश्वीसनः५३० + ७८ सन ६०८  हुन्छ 
तिथिगण ः वैशाखसम्म आउन – चै१,+वैशाख शुक्ल प्रतिपदा १ । ३०+१=३१। ३१—१= ३०।उपकरण 

१.प्राचीन  रीतमा दिइएको अंश ।२. योगफल लाई ३६०ले भाग गरी शेष फल ३. योगफल लाई ३६०ले भाग गरी शेष फल। ४. सामान्य वर्ष भएकोले ५९ जोडेको ५योगफल लाई  ७ ले भाग गरी शेष फल ।६. योगफल लाई ३० ले भाग गरी शेष फल ।
परिणाम= इश्वीसन ६०८ अप्रिल २३ तारिख मंगलबार । तद्नुसार वि.सं ६६५ वैशाख ९ गते मंगलबार । अभिलेखको संवत् ३१ वैशाखशुक्ल प्रतिपदा, शक ५३० वैशाखशुक्ल प्रतिपदा ।
यसरी छर्लड्ड हुनेगरि तारिख गणना अगाडि राखिदिएको छ तैपनि यी कुरा फेरि नगर्ला कि भन्ने आशा गरौं ।

१. अभिलेखमा देखिएको संवत् ३१ लाई अव उप्रान्त मानदेव संवत् भनेर कसैले जिकिर गर्ने छैन ।
२. अभिलेख पढ्ने काम त्यति सजिलो हुँदै होइन संस्कृत जानेकालाई अलिकति सजिलो हुनेमात्र हो 
समकालीन तारिख पनि कति महत्व हुने नै थाहा नभएपछि अव उप्रान्त संस्कृतलाई मात्र प्रयाप्त ठान्ने 
छैन । 
३. संशोधन मण्डलले पूर्णिमा अंक प्रकाशित गर्न थाले देखि नै संवत् गणनाको मामलामा ढाँट्ढुँट 
पाराको हिसाव मात्र पस्केर आएको हुँदा अव उप्रान्त कसैले पनि पूर्णिमा अंकमा भर पर्ने छैन ।
४ सुमतितन्त्रको नाम जपेर सारा इतिहास भाँडभैलो अवस्थामा पु¥याउने काम लिच्छविसंवत्को 
निर्णयले गर्दै आएको हुँदा अव उप्रान्त कसैले पनि त्यो पुस्तकलाई कहीं कतै प्रामाणिक भन्दै अघि सार्ने 
छैन ।

निष्कर्ष
यदि अभिलेखमा भएको संवत् ३१ लाई मानदेव संवत् भन्नासाथ के आधारमा भनेको ? भन्ने कुरा प्रश्न  आउँछ, तव केही नपाएर सुमतितन्त्रलाई देखाउन पुग्छ । त्यसमा न त विक्रमसंवत्को उल्लेख छ,न त शकसंवत्लाई कार्तिकादि भनेको छ , न त ४९९ जोडेर शकसंवत् बनाउने उपाय दिएको छ, न त शकसंवत्मा १३४ र १३६ जोडेर विक्रमसंवत् बनाउने रीत छ, न त ६३२ र ६३४ जोडेर विक्रम संवत् बनाउने रीत दिएको छ, न त ३९० दिन भएको वर्ष मानेर गणना गर्ने रीत दिएको छ न त शक ५२९ को वर्षमा अधिमास छ भनेर दिएको नै छ । यस्तो केही नहुँदा नहुँदै पनि आँखामा छारो हाल्ने हिसाव देखाएर जिकिर गरिरह्यो भने गोरु नाङ्गो देखेर हामी लजाउनु पर्दैन भनेजस्तैको कुरा हुन आउँछ  ।

 संस्कृत जान्दैमा सकल विद्या पारंगत हुने कुरा होइन । प्राचीन अभिलेख प्रायः संस्कृतमा लेखिएको  हुनाले संस्कृत आवश्यक भएको हो  तर संस्कृत नै सवैथोक होइन । सर्वप्रथम लिपिमा दख्खल भएको हुनु प¥यो । त्यसपछि भाषा साहित्य, इतिहास संस्कृतिसंस्कार रीतिरिवाज परम्परा, ज्योतिष कालक्रम जान्नका लागि गणना भन्ने कुरा जान्नु प¥यो । यहाँ संवत् ३१ मात्र भनेर पुग्दैन बाहिरका मान्छेले तद्नुसार इस्वीसन कति हुनआउँछ भन्ने कुरा चाहिने हुन्छ,  तब गणित बिना त्यो संभव हुने होइन । अनि संस्कृत एउटा जानेको भरमा सवै विद्याबाट पारंगत भएको भन्छन् भने त्यो जस्तो नालायकीपन अरु हुने होइन ।

नेपालसंवत्को शुरुवात वि.सं ९३६ कार्तिकमा भएको कुरा सारालाई थाहा छ । पूर्णिमा अंक १ देखि पल्टाएर हे¥यौं भने त्यहाँ शुरु देखि ९३६ र ९३७ जोडेर विक्रमसंवत् बनाउँदै आएको देखिन्छ । यो जायज बिलकूल होइन । त्यसो भए अहिले ९३६ र ९३७ फरक भएकै देखिन्छ त भन्ने होला । हो संस्कृत जान्दैमा इतिहास बुझ्दैन भन्न खोजेको कुरा यही हो । शुरुमा त ९३५ र ९३६ जोड्नु पर्ने थियो पछि कहिले देखि यसो हुन आएको भनेर थाहा पाउन  त इतिहासमा दख्खल हुनुप¥यो नि । संशोधन मण्डललाई शुरुदेखि अहिले सम्म यस विषयमा घैँटोमा घामलाग्न सकेको छैन , तब संस्कृत जानेर कुनै काम आयो त ? प्रश्न उठ्छ । फेरि अहिलेको पात्रो पूर्णिमान्तमानमा आधारित छ भने मध्यकालमा अमान्तमानबाट हुन्थ्यो भन्ने कुरा संशोधन मण्डललाई भलिभाँति थाहा छ । तिथि मितिको हिसाव गर्दा मध्यकालको अभिलेखमा भएको मितिको बारमिल्न आएन भने कुनै संकोच नै नमानी पूर्णिमान्तबाट बार मिल्न आयो भनेर दिइएका छन् । यो भनेको विद्या कै उपहास हो ।

 लिच्छविसंवत्को निर्णय नामको पुस्तकमा पृष्ठ संख्या ६४० भएकोले तौलमा यो खँडिला अवश्य हो  तर त्यसमा भएको मजबून ९गुदी०को तौल भने हावा भन्दा हलुँगो छ । यो पुस्तकमा सुमतितन्त्र नामको ग्रन्थ नभेटिएको भए यो ग्रन्थ तयार गर्न निकै कठिन हुन्थ्यो भन्दै त्यही सुमतितन्त्रको महिमा गाथाको लागि उपयोगी हुने बाहेक अरु कतै पनि उपयोगी हुने पुस्तक होइन । किनभने बार युक्त दुईवटा अभिलेखको मितिको गणना गरेको छ । गणना गर्दा एकातिर सुमतितन्त्रको प्रशंसा गर्ने अर्कोतिर सुमतितन्त्र मै नभएको कुरा अघिसारेर गणना भनी देखाइ ट्वाक्क मिल्यो भनेका छन् । यो त बगरेले खसीको मासुभन्दै कुकुरको मासु बेचे जस्तै पुस्तकका लेखकले पनि सुमतितन्त्र भन्दै सुमतितन्त्रमा नभएको कुरा राखेर आँखामा छारो हाल्ने हिसाव देखाएर दुनियाँलाई उल्लू बनाउन सफल भएको मात्र हो । त्यो भन्दा अरु यसमा आश्चर्य मान्नु पर्ने कुरा कुनै पनि छैन ।     

   

 

बिहीबार १५ चैत २०८० ०६:२१ PM मा प्रकाशित

प्रतिक्रिया