×

आयरल्याण्डमाथि पोर्चुगलको संघर्षपूर्ण जित, रोनाल्डोको पेनाल्टी मिस

images

काठमाडौँ । पोर्चुगलले युरोपको विश्वकप छनौट अन्तर्गतको खेलमा आयरल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा रुबेन नेभेजले ९० मिनेटपछिको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । खेलको ७५औ मिनेटमा रोनाल्डोले प्रहार गरेको पेनाल्टी आयरल्याण्डका गोलकिपरले बचाएका थिए ।  

यो जितपछि समुह एफ मा रहेको पोर्चुगलले छनौट खेलमा लगातार तेस्रो जित हासिल गरेको छ । ३ खेलमा ९ अंक रहेको पोर्चुगल समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै आयरल्याण्डको भने ३ खेलमा एक अंक रहेको छ ।

अब विश्वकप छनौट अन्तर्गत पोर्चुगलले अर्को खेल अक्टोबर १५ मा हंगेरीविरुद्ध खेल्ने तालिका रहेको छ ।

 

आइतबार​ २६ असोज २०८२ ०९:१९ AM मा प्रकाशित

प्रतिक्रिया