×

एमाले सचिवालय बैठक आज बस्दै, ओलीलाई नेतृत्व छोड्न बढ्यो दबाब

images

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

शनिबार बस्ने भनिएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित भएको थियो । शुक्रबारदेखि सुरु भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेदेखि ओलीको भक्तपुरस्थित निवास गुण्डुमा बस्दैछ ।    

बैठकमा अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने माग बढेपछि दबाबमा रहेका छन् । सचिवालयका अधिकांश सदस्यले ओलीले पद छोड्नुपर्ने माग गरेका छन् । १९ सदस्यीय केन्द्रीय सचिवालयमा हाल १८ जना रहेका छन् । जसमा ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिव पदमा अर्याल मात्र देखिएका छन् । 

यसअघि शुक्रबार बसेको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले  लिखित रुपमै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । 

आइतबार​ २६ असोज २०८२ ०९:१० AM मा प्रकाशित

प्रतिक्रिया