×

सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न सक्दैन -कुलमान घिसिङ

images

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्ने बताएका छन्। मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बताए।

उहाले यसअघिको निर्वाचनमा पुराना दलहरुले गरेको बिकृति र बिसंगतिलाई अहिले नयाँ भनिएका दलहरुले दोहराएको देख्दा दुख लागेको उल्लेख गरे। उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर सुशासन कायम गर्न पार्टीका उम्मेद्वारहरुले सुशासनको अभ्यास गर्न सिक्नुपर्ने धारणा राखे।

उनले देशका बिभिन्न क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यसलाई समाधान गर्दै देशलाई समृद्धि तर्फ अघि बढाउन उज्यालो पार्टीर्लाइ जनताले विश्वास गर्ने दावी गरे। कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए। 

अध्यक्ष घिसिङले पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको उल्लेख गर्दै उक्त चिन्ह निरन्तर र अनन्तकालसम्म बलिरहने दाबी गरे । कार्यक्रममा उनले पार्टीको पहिचान र अस्तित्व जोगाउने विषयमा दृढ अडान व्यक्त गर्दै भने, ‘कुनै पनि सर्तमा उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग मिसिँदैन । पार्टीको नाम र चिन्ह कुनै पनि हालतमा विलय हुन दिइने छैन । अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन ।’

उनले उज्यालो नेपाल पार्टी देशको समग्र क्षेत्रलाई उज्यालो बनाउने उद्देश्यका साथ निरन्तर रूपमा अगाडि बढ्ने बताए । उज्यालो नेपाल पार्टी यसअघि १२ दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भई पछि अलग भएको थियो ।

बुधबार १५ माघ २०८२ ०८:०७ AM मा प्रकाशित

प्रतिक्रिया