काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो ।
गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । कूल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेट भएको बताइएको छ ।
प्रतिक्रिया