×

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ- नेकपा माओवादी केन्द्र

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

images

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन- नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा गृह...

‘नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी आवाज आइराखेको छ । कांग्रेसभित्रकाले पनि राजीनामा मागेका छन् । हाम्रो पार्टीको पदाधिकारी बैठकले के निष्कर्ष निकालेको छ भने, राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’, बैठकपछि सापकोटाले भने, ‘ताकि पावर दुरुपयोग हुन नपाओस् । उहाँले तुरुन्त राजीनामा दिनुपर्छ । जति ढिलो भयो उति राज्यको साख गिर्दै जान्छ ।’ 

यसबाहेक बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको उनले बताए । यता भिजिट भिसामा सेटिङ भएको विषयमा पार्टी नेता तथा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले बताएका छन । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकको बयान सुनेपछि बैठक उनी यो प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको बताउँदै उनले संसद्मा र संसद् बाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न निर्देशन दिइएको समेत बताए । 

कांग्रेसले गृहमन्त्री लेखकलाई  ‘संसद्‌भित्र र संसदबाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न हामीले निर्देशन दिएका छौँ’ प्रवक्ता महतले भने ।

सोमबार १३ जेठ २०८२ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया