×

मगर संघ शाखा, युएईको १९ औं वार्षिक साधरण सभा सम्पन्न

images

  फलेन्द्र मगर / युएई

२३-सेप्टेम्बर - नेपाल मगर संघ शाखा, युएईले निक्कै लामो रस्साकस्स्सी का विच आफ्नो १९ औं वार्षिक साधरण सभा हालै सम्पन्न गर्यो। युएईको एकदमै व्यस्त शहर दुबई स्थित सिल्भर स्पुन रेस्टुरेन्ट को सभा हलमा सम्पन्न गरेको हो। अध्यक्ष नयन घर्ती मगरको अध्यक्षता मा संरक्षक टंक थापा मगरको प्रमुख आतिथ्य , डोल राना मगर, खुम आले मगर, बबिता रास्कोटी मगर हरु को विशेष आतिथ्य साथै विभिन्न विधाका अतिथिगण हरु को सहभागिता थियो। नेपाली राष्ट्रीय गान र मगर राष्ट्री गान सँगसँगै पानस मा बत्ती बालेर उदघाटन गरेका थिए ।

उदघाटन पछि कार्यक्रम संयोजक विष्णु राना मगरले स्वागत मन्तव्य राखेका मन्तव्य का क्रममा प्रथम राष्ट्रीय सम्मेलन वा कतिऔ सम्मेलन गर्ने भन्ने विषयमा अग्रज ज्यू हरु को भिन्न भिन्न कृया प्रतिकृया आएपछि साधरण सभाका नाउले कार्यक्रम गरिएको प्रति प्रति त्रुटि भएको भन्दै आत्मा आलोचना गर्दै आगामी दिनहरु मा सच्चिएर जाने कुरा व्यक्त त्यस्तै शुभकामना मन्तव्य का क्रममा भुतपुर्व उपाध्यक्ष यमन घर्ती मगरले फुजेराह, रास अल खैमा, अजमान र उम अल क्वीन क्षेत्रहरु मा क्षेत्रीय समिति गठन हुन नसकेकोमा केन्द्रीय कमिटि लाई ध्यानाकर्षन गराए। अर्का वक्ता मेघ थापा मगरले लामो समयदेखि मगर संघ शाखा, युएई मा आबद्ध हुदै गर्दाका आफ्ना तीतामिठा अनुभव हरु सुनाए।

त्यसै गरि भुपु उप संरक्षक खुम आले मगरले प्रथम सम्मेलन वा कतिऔ सम्मेलन गर्ने भन्ने विषय प्रति कुरा बाझिएको र सामाजिक संजाल तिर अतिरञ्जित गरिएको प्रति दुख व्यक्त गरे।शुभकामना मन्तव्य कै क्रममा आदिवासी जनजाति पत्रकार महासंघ, युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगरले नेपाल मगर संघ केन्द्र ले आम मगर हरु को नैसर्गिक धार्मिक आस्था लाई तोडमोड गरि जबर्जस्ती सम्पुर्ण मगर हरु लाई बौद्ध मार्गी हो भनि उर्दी जारि गरिएको प्रति चासो व्यक्त गर्दै नेपाल मगर संघ केन्द्र काठमाडौं लाई पत्राचार गरि ध्यानाकर्षण गर्न आग्रह गरे साथै मगर वस्ती हरु मा मगर कै अगुवाइमा चर्च स्थापना गरि धर्म परिवर्तन गराइरहेको प्रति आपत्ति जनाए ।

सांस्कृतिक कार्यक्रम तर्फ मगर चलचित्र कि नव नायिका सिर्जना मसराङ्गि मगरले आफ्नो नृत्य प्रस्तुत गरेकि थिईन।उक्त कार्यक्रम मा अल ऐन, आबुधाबी, सारजाह र दुबई क्षेत्रीय समिति का पदाधिकारी हरु का साथसाथै केन्द्रीय कमिटीका पदाधिकारी हरु को वृहत् उपस्थिति मा सम्पन्न भएको हो । उक्त वार्षिक साधरण सभामा केन्द्रीय कमिटिले आफ्नो वार्षिक आर्थिक आय व्यय प्रस्तुत गरे।

वर्षभरिमा विविध कार्यक्रम गरि आम्दानी ६८,४१४ दिराम  खर्च ५४,७७५ दुब ई क्षेत्रीय समिति ले आम्दानी २३,५०४ दिराम  खर्च ९,९७९ सारजाह क्षेत्रीय समिति आमदानी १०,९७० दिराम खर्च ८,१२२ आबुधाबी क्षेत्रीय समिति ३,९२३ दिराम  खर्च ८५० अल ऐन क्षेत्रीय समिति आम्दानी २,५२३ दिरम खर्च २,६२९ का विवरण हरु क्षेत्रीय समिति का अध्यक्ष हरु ले प्रस्तुत गरेका थिए।

केन्द्रीय कमिटिमा आबुधाबी र दुबई क्षेत्रीय समिति बाट एक एक जना लाई केन्द्रीय सदस्यमा मनोनित पनि गरे। सभाध्यक्ष नयन घर्ती मगरले आगामी वार्षिक योजना सार्वजनिक गर्दै निति तथा कार्यक्रम विभिन्न क्षेत्रीय समिति हरु लाई बाँडफाड गरि जिम्मेवारी दिए। कार्यक्रम महासचिव होम रजाली मगरले संचालन गर्नु भएको थियो। 

मङ्गलबार ८ असोज २०८१ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया