×

"मिसिङ्गः केटी हराएको सूचना" को पहिलो गित "हेर्दै जाउँ" रिलिज

images

बहु प्रतिक्षित फिल्म "मिसिङ्गः केटी हराएको सूचना" को पहिलो गित "हेर्दै जाउँ" रिलिज भएको छ। ट्राइ-सिटी पिक्चर्स प्रालिले निर्माण गरेको फिल्म "मिसिङ्गः केटी हराएको सूचना" यहि कात्तिक ३० गते नेपालभरका सिनेमा घरहरुमा सार्वजनिक प्रदर्शनमा आउँदैछ।

लोकप्रिय र मधुर संगित तथा मधेशको रोमान्चक दृश्यहरु रहेको गितको भिडियोमा मुख्य कलाकारहरु नाजिर हुसेन र सृष्टि श्रेष्ठले मधेशको रहनसहनको अनुभव लिएको देख्न सकिन्छ। हेर्दै जाउँ शिर्षकको गितमा रोहित जोन क्षेत्री र सितुसीत बस्नेतको सुमधुर आवाज रहेको छ भने यसको लेखन र कम्पोजिसन दुबै दिपेन्द्र गौचनले गरेका छन्।

यो गित म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” निर्देशन गरेका हुन्। उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउन तयार भएका छन्।

गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ। गौचनको सन २०२५ को भिजनमा नेपाली सिनेमालाई एक फस्टाउँदोविश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने समावेश छ। नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्रमिसिङः केटी हराएको सूचनायही दृष्टिकोणको प्रमाण हो।

यस चलचित्रमा पहाडी समुदायकी युवती र मधेसी समुदायका युवाको रहनसहन र मेलमिलाप र दैनिक दिनचर्याको बारेमा मिठो कथा कोरिएको छ। चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता/जेसी) रहेकी छन भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन/र्याम्बो) रहेका छन् । त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन् । यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीनछायांकनमा अमर महर्जनसम्पादनमा निमेश श्रेष्ठकला निर्देशनमा अक्की थेक्पासाउण्ड डिजाइनमा श्रावल आरपीर म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।

तपाईँ पनि “मिसिङ्गः केटी हराएको सूचना” यो रोमान्चक गितको अनुभव लिनुहोस्-

Song youtube link-https://www.youtube.com/watch?v=HK7XK9LYBAI

Trailer- https://www.youtube.com/watch?v=FgdFAfIOUHc

मङ्गलबार ८ असोज २०८१ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया