×

एमालेले बोलायो सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक

images

काठमाडौं : नेकपा एमालेले ११औं महाधिवेशनको सन्देश देशैभरी प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठूलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन्।  

दिउसो २ बजे पार्टी कार्यलयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको केन्द्रीय कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले जानकराी दिए। जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्यसम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको अधिकारीको भनाइ छ। 

 ११ औं महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको अधिकारीको भनाइ छ। बैठकमा महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार, वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिवले प्रष्ट पार्नेछन्। एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि, पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टीपंक्तीमा निर्देशन पठाउने भएको छ। 

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ।

मङ्गलबार ८ पुस २०८२ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया