×

दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता बिच झडप (तस्वीरहरू)

images

 काठमाडौं ।  बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवासंघका कार्यकर्ता पुगेपछि झडप भएको हो । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ । तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरू बताउँछन् । दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

बिहीबार ७ मंसिर २०८० १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया