×

रवि लामिछानेको कुनै सिद्धान्त छैन- डा. बाबुराम भट्टराई

images

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै रविको कुनै सिद्धान्त नभएको दाबी गरेका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले रास्वपाका सभापति लामिछानेप्रति कटाक्ष गर्दै उनको कुनै सिद्धान्त नभएको दाबी गरेका हुन्।

उनले भने, ‘त्यत्तिकै म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिब जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन्।

के त्यो जादुगर हो? यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन्।

यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ। त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ।’

शनिबार ९ बैशाख २०८० ०९:१३ PM मा प्रकाशित

प्रतिक्रिया