काठमाडौँ । सुदन गुरुङ नेतृत्वको हामी नेपालले महेश बस्नेतले सुदन गुरुङ एमाले प्रवेश गर्न कागेको भन्दै झुट बोलेको बताएको छ ।
सामाजिक सञ्जालमा महेश बस्नेतले सुदन गुरुङ एमालेमा आउन लागेको भन्ने आशयको भिडियो भाइरल भएपछि हामी नेपालीले सुदनले महेश बस्नेतसँग अहिलेसम्म कुरा नै नगरेको बताएको छ ।
साथै हामी नेपालीले आफुहरुले महेश बस्नेतलाई नचिन्ने र कुनै किसिमको सम्मान समेत नगर्ने उल्लेख गरेको छ । साथै हामी नेपालले महेश बस्नेतलाई यस्तो झुट नबोल्न चेतावनी दिदै शहिदको योगदानको अवमुल्यन नगर्न आग्रह गरेको छ ।
साथै आम जनतालाई महेश बस्नेतका गलत कुराको विश्वास नगर्न समेत अपिल गरेको छ ।
प्रतिक्रिया