×

जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न मिल्दैन- महेश बस्नेत

images

 

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले आम जनताका लागि बनाइएका गाउँका योजना काटेर ऐतिहासिक भन्दै प्रचार गरिएको भन्दै अर्थमन्त्रीले पहिलो गाँसमा नै ढुङ्गा चपाएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्-  

जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न मिल्दैन !

अर्थमन्त्रीले भनेछन– “गेम चेन्जर” । जनताले लागी – “विकास डेन्जर”। एक खर्ब खोजिएको प्रचार गरियो । विष्णु पौडेललाई असफल भनेर चित्रित गर्न खोजियो । गाउँको योजना काटियो । सामान्य जनताको सुबिधा काटियो॥ ठालूहरूको सुविधा बचाइयो । अनि प्रचारमा “ऐतिहासिक” भनियो ॥

अर्थमन्त्रीले पहिलो गाँसमा नै ढुङ्गा चपाएका छन्। यो निर्णय जनविरोधी र ग्रामीण क्षेत्र विरोधी हो ।

 

शनिबार ४ असोज २०८२ ०८:२१ AM मा प्रकाशित

प्रतिक्रिया