×

पोलिटब्युरो बैठकले भ्रम, अफवाह र अराजकताका कथा रोकेको महेश बस्नेतको दाबि

images

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पोलिटब्युरो बैठकले पार्टी बारे विगतका भ्रम, अफवाह र अराजकताका कथा रोकेको दाबि गरेका छन् ।

बस्नेतले सामाजिक सञ्जालमा लेख्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनरागमनलाई गम्भीर विषय मानेर गहिरो छलफल गरेको उल्लेख गर्दै उनको सदस्यता नवीकरण  विधानको धारा ८ र ९ को कानुनी र आधर समेत छलफल गरेर आगामी केन्द्रीय कमिटीको बैठकमा निर्णय गराउन खुलेर कुरा राखिएको बताएका छन् ।

नेता बस्नेतले अबको यात्राको एकमात्र लक्ष्य सिङ्गो पार्टीलाई भावनात्मक एकतामा बाँधेर निर्णायक राष्ट्रिय शक्ति बनाउनु रहेको बताएका छन् ।

उनले भनेका छन्- 

नेकपा (एमाले) पोलिटब्युरोको चौथो बैठक नयाँ यात्राको संकल्प सहित सफलतापूर्वक सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको यो ऐतिहासिक बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनरागमनलाई गम्भीर विषय मानेर गहिरो छलफल गर्यो। उहाँको सदस्यता नवीकरण  विधानको धारा ८ र ९ को कानुनी र आधर समेत छलफल गरेर आगामी केन्द्रीय कमिटीको बैठकमा निर्णय गराउन कमरेडहरूले खुलेर आफ्ना कुरा राखे।

६६ जना कमरेडहरूले सचिवालयबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई समर्थन गर्दै बहस, सुझाव र बहुमूल्य धारणा पेस गर्नुभयो। अन्ततः बैठकले यो संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गर्दै साउन ५ गते केन्द्रीय कमिटी बैठकमा छलफलका लागि अगाडि बढाउने ऐतिहासिक निर्णय गर्यो।

अध्यक्ष कमरेडको भनाइ यस बैठकलाई ‘कट अफ बैठक’ को रूपमा लिँदै हामीले विगतका भ्रम, अफवाह र अराजकताका कथा यहीँ रोकेका छौँ। अब हाम्रो यात्राको एकमात्र लक्ष्य छ । सिङ्गो पार्टीलाई भावनात्मक एकतामा बाँधेर निर्णायक राष्ट्रिय शक्ति बनाउनु, र समृद्ध नेपाल, सुखी नेपालीको साझा सपना पूरा गर्नु।

 

आइतबार​ ५ साउन २०८२ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया